हर्कले खोजे बालेनको संसद् हाजिरी

मंगलबार, १९ जेठ, २०८३
डिजिटल संस्करण

श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले संसदमा प्रधानम्न्त्री बालेन्द्र शाहको हाजिरी खोजेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद साम्पाङले प्रत्येक सांसद संसद् बैठकमा उपस्थित हुनुपर्ने र बैठकमा बस्नुअगाडि हाजिरी गर्नुपर्ने प्रावधान भएकाले उनको हाजिरी हेर्न अभिलेख शाखालाई अनुरोध गरे ।

उनले यदि हाजिरी नभएको भए उनी प्रतिनिधिसभा सदस्य नरहने र सदस्य नरहेको मान्छे प्रधानमन्त्रीबाट मुक्त हुनुपर्ने माग गरे ।

उनले १७ गते संसदमा प्रधानमन्त्रीले बोलेको अभिव्यक्तिप्रति लक्षित गर्दै  देशको सिमाना, अखण्डता र सार्वमौसत्ता जोगाउन सबै सांसदको भूमिका हुनपर्ने उल्लेख गरे । सरकारलाई गल्ती गर्ने छुट नभएको भन्दै उनले प्रधानमन्त्रीलाई  आफूले बोलेको कुराको माफी माग्न आग्रह गरे ।

सुझावित समाचार