पाँचदिने भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भाजपाले स्वागत गरेको छ। भाजपा मुख्यालयमा पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले सभापति लामिछानेको स्वागत गरेका हुन्।
यस क्रममा सभापति लामिछानेले भाजपाका राष्ट्रिय अध्यक्षलाई पशुपतिनाथको मन्दिरबाट लगेको रुद्राक्ष र तुलसीको माला तथा टीका उपहारस्वरूप दिएका छन्।