अछाममा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, तीनजना घाइते

शनिबार, १६ जेठ, २०८३
डिजिटल संस्करण

अछाममा बोलेरो दुर्घना हुँदा दुईजनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत पञ्चदेवल विनायक नगरपालिका–४ मा भएको सडक दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको हो भने तीनजना घाइते भएका हुन्।

कर्णाली नदीकिनारमा रहेको बेलखेत नजिकै बागमती प्रदेश ०१–०२७ च २२७७ नम्बरको बोलेरो शुक्रबार साँझ सडक घुम्तीबाट दुईसय मिटर तल खस्दा त्यसमा सवार सबै पाँचजना घाइते भएका थिए ।

उनीहरूमध्ये मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका बस्ने वर्ष ४९ का नवीन तुलाधर र बर्दिया जिल्लाको बाँसगढी नगरपालिका–५ का ४५ वर्षीय रामप्रकाश थारूको उपचारका क्रममा मृत्यु भएको हो ।

राकममा प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत लगिएका उनीहरूको राति प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।

उनका अनुसार गाडीचालक बाँकेको नेपालगन्जका राम राजेन्द्र भीमराज चट्टान गुप्ता र सिराहका सन्तकुमार साहको अवस्था पनि चिन्ताजनक छ। अर्का घाइते स्याङ्जाका अर्जुनकुमार पौडेलको अवस्था भने सामान्य छ। उनीहरू तीनैजनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको डिएसपी खनालले बताए।

उनका अनुसार दार्चुलाबाट जुम्ला जाँदैगर्दा जनकपुरस्थित सत्लोक आश्रमको गाडी दुर्घटनामा परेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालक निदाएका कारण दुर्घना भएको हुन सक्ने देखिएको छ। 

See More On

सुझावित समाचार