प्रधानमन्त्री बालेन्द्र शाहले एक हप्ताभित्र संसद्लाई सम्बोधन गर्ने भएका छन्। रास्वपा संसदीय दलका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले मंगलबारको प्रतिनिधिसभा बैठकमा सो जानकारी गराएका हुन्।
प्रतिनिधिसभाका सबै दलका मुख्य सचेतक र सचेतकहरूको छलफलपछि आफूले प्रधानमन्त्रीको सचिवालयमा कुरा गरेको उल्लेख गर्दै बुर्लाकोटीले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ। सम्भवतः एक हप्ताभित्रै सदनमा आउने कुरा म सदनलाई जानकारी गराउन चाहन्छु।’