विपक्षी दलले संसदमा तमासा देखाए : जगदीश खरेल

मंगलबार, १२ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले विपक्षी दलहरूको ‘तमासा’का कारण पछिल्लो १० वर्षमा आवश्यक कानुन नबनेको टिप्पणी गरेका छन्।

जनताका सवालमा सत्तापक्ष र विपक्ष दलहरू समान रूपमा जवाफदेही र जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै खरेलले यही कारणलाई अनुमान गरेर सरकारले आठवटा अध्यादेश ल्याएको तर्क गरे।

‘विगत १० वर्षदेखि ७२ सालमा बनेको संविधानपछि जति ऐन र कानुन संसद्ले बनाउनुपर्थ्यो त्यो कानुन किन बन्न सकेन भनेर यो तमासाले देखाइरहेको छ। त्यसकारण संसदीय तमासा जुन रूपमा हामीले देखाइरहेका छौँ सधैँ सकारात्मक मात्र हुँदैन,’ उनले भने।

प्रधानमन्त्री बालेन्द्र शाह संसदमा अनुपस्थित भएको भन्दै विपक्षी दलहरूले आज मंगलबार पनि कार्यसूचीमा प्रवेश गरेलगत्तै बैठक अवरुद्ध गरे। अवरोधबिच सभामुखले पर्यटन विधेयक, २०८२ माथि छलफललाई अघि बढाएका हुन्।

सुझावित समाचार