सरकारले बहुमतको दम्भ देखाएको कांग्रेसको आरोप

मंगलबार, १२ जेठ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसले सरकारले बहुमतको दम्भ देखाएको आरोप लगाएको छ । मंगलबारको प्रतिनिधिसभा वैठकमा आकस्मिक, शून्य र विशेष समयमा बोल्दै कांग्रेसकी प्रमुख सचेतक बासना थापाले पछिल्लो समय सरकारको कार्यशैलीले गम्भीर प्रश्न उब्जाएको बताइन्।

‘सरकार बहुमतको दम्भमा संसद्को गरिमा र प्रतिपक्षको भूमिकालाई कमजोर बनाउने दिशातर्फ उन्मुख देखिएको छ। प्रतिपक्षको अवरोधबिच विधेयकहरू पास गर्दा किन बहुमतको दम्भ देखाउनुभयो,’ उनले प्रश्न गरिन् ।

उनले प्रधानमन्त्रीका कारणले संसदीय समितिहरूले प्रभावकारी रूपमा काम गर्न नसकेको बताइन्। उनले थपिन्, ‘बहुमत सरकार चलाउने आधार हुन सक्छ, तर लोकतन्त्र चलाउने आधार होइन।’

सुझावित समाचार