सरकार कानुन कार्यान्वयनभन्दा शक्ति प्रदर्शनमा लाग्यो : पद्मा अर्याल

सुकुमबासीलाई लटेखेर व्यवस्थापन गर्छु भन्ने सरकारको शैली घोडाको अगाडि बग्गी राखेर यात्रा गर्न खोजेस्तै भयाे

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण

नेकपा एमालेकी सांसद पद्मा अर्यालले सरकार कानुन कार्यान्वयन गर्न छोडेर शक्ति प्रदर्शनतिर लागेको आरोप लगाएकी छिन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमाथि आफ्नो संशोधन बुँदा राख्ने क्रममा उनले जनताले राखेको असाधारण आशा, उत्साह र भरोसालाई सम्बोधन गर्न नीति तथा कार्यक्रम चुकेको बताइन् । 

सुकुमवासीलाई लटेखेर व्यवस्थापन गर्छु भन्ने सरकारको शैली घोडाको अगाडि बग्गी राखेर यात्रा गर्न खोजेजस्तै भएको आरोप लगाइन् । 

कानुनले भूमिहीन, दलित र सुकुमवासीलाई निःशुल्क जग्गा दिई व्यवस्थापन गर, अव्यवस्थित बसोबासीलाई निश्चित शुल्क लिएर स्वामित्व प्रदान गर भन्ने कुरालाई सरकारले दमनको शैलीमा बेवास्ता गरेको बताइन् । उनले आफ्नो पार्टी  भूमिहीन, दलित र  सुकमवासीको समस्याको दीर्घकालीन समाधानको पक्षमा रहेको उल्लेख गरिन् । राज्यले आफ्नै नागरिकलाई शत्रुजस्तै व्यवहार गर्नु दुखद भएकाे उल्लेख गरिन् । 

नीति तथा कार्यक्रममा किसानको पीडा, कृषिको भविष्य र कृषि क्रान्तिको स्पष्ट मार्गचित्र नदेखिएको बताइन् । 

सुझावित समाचार