प्रधानमन्त्रीविना नीति तथा कार्यक्रममा छलफल नहुने विपक्षी दलको अडान

बुधबार, ३० बैशाख, २०८३
डिजिटल संस्करण
प्रधानमन्त्रीविना नीति तथा कार्यक्रममा छलफल नहुने विपक्षी दलको अडान

फाइल तस्बिर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिविना नीति तथा कार्यक्रममाथिको छलफल अघि नबढ्ने प्रस्ट्याएको छ।

प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णीम वाग्लेले नीति तथा कार्यक्रममाथिको छलफल अघि बढाउने प्रस्ताव पेस गरेपछि बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यस्तो बताएका हुन्।

प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले प्रस्ताव प्रस्तुत गर्न पाउनेमा असहमति नरहेको बताउँदै आङ्देम्बेले महत्त्वपूर्ण विषयको छलफलमा भने प्रधानमन्त्री स्वयंको उपस्थिति अनिवार्य रहेको दोहोर्याए।

सभामुखको शालिनताप्रतिको सम्मानका लागि प्रस्ताव पेस गर्न दिएको उल्लेख गर्दै उनले भने, ‘यो छलफलमा उहाँको उपस्थिति हुनैपर्छ। किनकि यति गरिमामय ठाउँमा उहाँहरूले नै तय गरेर लैजाने नीति तथा कार्यक्रम हो। यसको सफलतामा उहाँहरूकै भविष्य छ।’
 

सुझावित समाचार