सरकारले कार्यपालिकाको स्वेच्छाचारिता लाद्न खोज्यो : एमाले सांसद अर्याल

सोमबार, २८ बैशाख, २०८३
डिजिटल संस्करण
सरकारले कार्यपालिकाको स्वेच्छाचारिता लाद्न खोज्यो : एमाले सांसद अर्याल

फाइल तस्बिर

नेकपा एमालेकी सांसद पद्मा अर्यालले संसद्लाई पन्छाएर सरकारले कार्यपालिकाको स्वेच्छाचारिता लाद्न खोजेको आरोप लगाएकी छिन्। आइतबार प्रतिनिधिसभा बैठकमा सांसद अर्यालले सरकार बहुमतको निरंकुशताको सँघारमा रहेको जिकिर गरिन्।

विगतमा अध्यादेशलाई लोकतान्त्रिक मूल्य र मान्यतामाथिको निर्मम आघात भन्दै सदन तताउनेहरू आज स्वयं त्यही बाटोमा लागेका उल्लेख गर्दै उनले भनिन्, ‘यो राजनीतक विभेदको परिपक्वता हो कि सत्ता सुविधाअनुसार बदलिएको नैतिकता ? जनताले यसलाई रूपान्तरण भनेर बुझ्ने कि निर्लज्जताको पराकाष्ठा भनेर चिन्ने ?’

प्रधानन्यायाधीश नियुक्तिले शक्ति पृथकीकरणको सिद्धान्तको धज्जी उडाएको टिप्पणी गर्दै उनले थपिन्, ‘न्यायपालिकाको प्रमुख को हुने भन्ने विधिले होइन प्रधानमन्त्रीको तजबिजले निर्धारण गर्ने खतरनाक भाष्य सिर्जना गरिँदै छ।’
 

सुझावित समाचार