अहिले लुम्बिनी, बागमती र कोशी प्रदेशका केही जिल्लाहरूमा मेघगर्जन र चट्याङसहित मध्यमखालको पानी परिरहेको छ। जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार गएको एक घण्टामा सबैभन्दा बढी पानी सिन्धुपाल्चोकको नवलपुरमा परेको छ । जहाँ ३२.६ मिलिमिटर पानी परेको हो ।
पानी पार्ने प्रणाली उत्तर–पूर्वतिर सर्दै गइरहेको महाशाखाले जनाएको छ । त्यसैले सोही ठाउँतिरका मानिसहरूलाई सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।