आठौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि शिवजन माविलाई

शुक्रबार, १८ बैशाख, २०८३
डिजिटल संस्करण

शारदा नगरपालिकाले आयोजना गरेको आठौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि शिवजन माध्यमिक विद्यालय शीतलपार्टीले उचालेको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा १६ स्वर्ण, नाै रजत र चार कांस्यसहित २१ पदक हात पार्दै शिवजन मावि प्रथम हुन सफल भएको हो । 

प्रतियोगितामा १५ स्वर्ण, आठ रजत र सात कांस्यसहित ३० पदक प्राप्त गरेको त्रिभुवन जन माध्यमिक विद्यालय लुहापिङ दोस्रो, सात स्वर्ण, ६ रजत र सात कांस्यसहित २० पदकसहित मोडर्न तुल्सी एकेडेमी शीतलपार्टी तेस्रो र पाँच स्वर्ण, ६ रजत र चार कांस्यसहित १५ पदक प्राप्त गरी लक्ष्मी माध्यमिक विद्यालय स्यानीखाल सान्त्वना भएको छ । 

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयले क्रमशः २५ हजार २० हजार १५ हजार र १० हजार नगद, प्रमाण पत्र र ट्रफी प्राप्त गरेका छन् ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा छात्रछात्रा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्टसअन्तर्गत कराँते, तेक्वान्दोलगायतका खेलमा १६ सामुदायिक र संस्थागत विद्यालयका करिब नाै सयभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । 
 

सुझावित समाचार