काठमाडौं/ विराटनगर किंग्सका ओपनर लोकेश बम तेस्रो संस्करणको नेपाल प्रिमियर लिगको पहिलो शतक बनाउनबाट चुकेका छन्। बिहीबार कर्णाली याक्सविरुद्ध आक्रामक ब्याटिङ गरेका लोकेश ८७ रन जोडेर आउट भए।
५२ बल सामना गरेका उनले नौ छक्का र तीन चौका प्रहार गरे। सोमपाल कामीले चौथो विकेटका रूपमा बमलाई पेभिलियनको बाटो देखाएका हुन्। त्यसअघि उनले ३२ बलमा ५० रन जोडेर प्रतियोगितामा व्यक्तिगत पहिलो अर्धशतक बनाए।