काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल)को आफ्नो दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा कप्तान सोमपाल कामीले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन्। सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले सुरुमा ब्याटिङ गर्नेछ।
दुवै टोलीको यो दोस्रो खेल हो। कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराएको थियो। टिम लगातार दोस्रोपटक जित्ने लक्ष्यमा छ।
यता, विराटनगर भने पहिलो खेलमा चितवन राइनोजविरुद्ध आठ विकेटले पराजित भएको थियो।
यसअघि आजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौंलाई आठ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ।