एमालेले अध्यक्ष केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी गिरफ्तार गरेको भन्दै आइतबारै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गर्ने तयारी गरेको छ ।
ओलीले रिट दर्ताको जिम्मेवारी पार्टीनिकट अधिवक्ताहरू टीकाराम भट्टराई, अग्नि खरेल र रमेश बडाललाई दिएका छन् । शनिबार बिहान ६ बजे पक्राउ पर्नुअघि गुन्डुस्थित निवासमा बोलाएर ओलीले उनीहरूसँग परामर्श गरेका थिए ।
त्यसलगत्तै उनीहरूले लेखकसँग समेत टेलिफोनबाटै परामर्श लिएका थिए । खरेल र बडाल तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा महान्यायाधिवक्ता पनि थिए ।