बालेन सरकार हिन्दुराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार भए राप्रपाको पूर्ण सहयोग हुन्छ : कमल थापा

बिहिबार, २८ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले बालेन सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दुराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच सांसदको पूर्ण सहयोग रहने जनाएका छन् ।

बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई संसदमा दुईतिहाइ बहुमतको निम्ति दुई सिट कम भएकाले आफ्ना माग पूरा भए सहयोग गर्ने बताएका छन् । राप्रपाले देशभरबाट फागुन २१ गते सम्पन्न निर्वाचनमा एक सिट जितेको छ भने समानुपातिमा चार सिट जितेको छ। 

सुझावित समाचार