आजबाट बिदाइ हुँदै छन् निर्वाचन प्रहरी

बिहिबार, २८ फागुन, २०८२
डिजिटल संस्करण

निर्वाचनलक्षित सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीलाई २८ फागुन अर्थात् बिहीबार बिदाइ गरिने भएको छ । निर्वाचन सम्पन्न भइसकेकाले उनीहरूलाई बिदाइ गर्न लागिएको हो ।

सरकारले निर्वाचनलक्षित एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गरेको थियो । त्यसमध्ये काठमाडौंमा मात्रै तीन हजार ८५४ जना, ललितपुरका एक हजार ५९६ जना र भक्तपुरमा एक हजार ९३ जना निर्वाचन प्रहरी खटिएका थिए । निर्वाचन प्रहरी राख्दा उनीहरूलाई दिइने तलब र अन्यमा गरी सात अर्ब १३ करोड रुपैयाँ खर्च भएको छ ।

उपत्यकाका अधिकांश स्थानका ट्राफिक लाइट सञ्चालनमा

जेन–जी आन्दोलनका वेला उपत्यकाभित्र ४४ स्थानमा ट्राफिक लाइट सञ्चालनमा थिए । तर, त्यसमध्ये नौ स्थानबाहेक सबै ट्राफिक लाइट तोडफोड भयो । जेन–जी आन्दोलनभन्दा पहिले ट्राफिक लाइट जम्मा ६६ स्थानमा राखिएको थियो ।

तर, त्यतिवेला ४४ स्थानका मात्रै सञ्चालनमा थिए । हाल ५१ स्थानका ट्राफिक लाइट सञ्चालनमा ल्याइसकिएको छ । यसले उपत्यकाको ट्राफिक व्यवस्थापनमा सहजता मिलेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीले बताए । 

‘जेन–जी आन्दोलनका वेला अधिकांश ट्राफिक लाइट र सिसिक्यामेरा तोडफोड भएका थिए, हाल ५१ ठाउँमा ट्राफिक लाइट बल्छन्, कतिपय मर्मत पनि भइरहेको छ,’ उनले भने, ‘अहिले उपत्यकाका मुख्य सडकआसपासमा २६७ स्थानमा सिसिक्यामेरा छन्, ट्राफिक लाइट र सिसिटिभी सडक सुरक्षाको मुख्य माध्यम हो, प्रविधिमैत्री सडक सुरक्षामा सबैले ध्यान दिनुपर्छ ।’ 

सुझावित समाचार