जितपछि रविलाई मीना र अस्मिनले दिए बधाई

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्यका रुपमा चितवनबाट तेस्रोपटक निर्वाचित भएका रास्वपाका सभापति रवि लामिछानेलाई प्रतिस्पर्धि उम्मेदवारहरु नेपाली कांग्रेसका मीना खरेल र एमालेका अम्नि घिमिरेले बधाई दिएका छन्। लामिछाने निर्वाचित भएपछि खरेल र घिमिरेले उनलाई भेटेर बधाई दिएका हुन्।

बधाई दिँदै खरेल र घिमिरेले चितवनको विकासमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले राम्रा काममा सधैं सहकार्य हुने र गलत गरे खबरदारी गर्ने बताएका थिए । बधाई लिँदै सभापति लामिछानेले आफ्नो जितलाई सबैको जित बनाउने कोशिस गर्ने बताए।

आफु चितवनको मात्र नभै समग्र नेपाल र नेपालीकै उन्नती र प्रगतिका लागि लाग्ने दावी गरे ।

सुझावित समाचार