मोरङ ४ र ६ मा रास्वपाका उम्मेदवार विजयी

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

मोरङको क्षेत्र नं ४ र ६ मा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार विजयी भएका छन् । मोरङ ४ मा रास्वपाका सन्तोष राजवंशी र ६ मा रुबिना आचार्य निर्वाचित भएका छन् ।

मोरङ ४ मा रास्वपाका उम्मेदवार सन्तोष राजवंशी ४० हजार ८३३ मत ल्याएर निर्वाचित भएका छन्  । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका महामन्त्री गुरूराज घिमिरेले १२ हजार ८१८ मत प्राप्त  गरेका छन्। यसैगरी नेकपाका अमनलाल मोदीले १० हजार ७६२ मत पाएका छन्।   

यसैगरी मोरङ ६ मा  रास्वपाकी उम्मेदवार रुबिना आचार्य ५५ हजार ५१३ मत प्राप्त गरेर विजयी भएकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डा शेखर कोइरालाले मात्र १२ हजार ८५० मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार बिनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरेका छन् ।
 

See More On

सुझावित समाचार