बालेन प्रधानमन्त्री बन्ने निश्चित

पछिल्लो मतपरिणामअनुसार बालेन शाह ओली भन्दा २५ हजार ७९५ मतले अगाडि

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

झापा ५ बाट उम्मेदवार बनेका रास्वपा वरिष्ठ नेता बालेन शाहले फराकिलो अग्रता लिइरहेका छन् । उनी निर्वाचित हुने निश्चितजस्तै छ । रास्वपाले जनतामा जानुअघि नै बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको थियो । मतगणनाको रुझान हेर्दा रास्वपाले बहुमत ल्याउने निश्चित देखिन्छ । 

पछिल्लो मतपरिणामअनुसार झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले ३४ हजार ८ सय ६३ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । बालेन शाह ओली भन्दा २५ हजार ७९५ मतले अगाडि छन् ।

यसैगरी, एमाले अध्यक्ष केपी ओलीले ९ हजार ६८ मत प्राप्त गरेका छन् । यस्तै, श्रम संस्कृति पार्टीले ५ हजार ६४५, कांग्रेसले ९७४ र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले ८६२ मत प्राप्त गरेका छन् । अहिले यहाँ शान्तिपूर्ण रूपमा मतगणना जारी छ । 

* नयाँ अपडेट

See More On

सुझावित समाचार