झापा ५ मा बालेन शाहको अग्रता पाँच हजार नाघ्यो

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन शाहले आफ्नो अग्रता थप बलियो बनाएका छन्। पछिल्लो मतगणनाअनुसार उनले पाँच हजार १२३ मतको अग्रता कायम गरेका छन्। उनले अहिलेसम्म ६ हजार ५५१ मत पाएका छन् । 

सुरुवाती चरणमा करिब चार हजार मतान्तरले अघि रहेका बालेन शाहले पछिल्लो मतपरिणामसँगै मतान्तर अझै बढाएका हुन्।

हालसम्मको गणनाअनुसार नेकपा एमालेका उम्मेदवार केपी ओलीले एक हजार ४२८ मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमाेरियाले २१६ मत प्राप्त गरेकी छिन्।

यस्तै, नेकपाका उम्मेदवार रन्जित तामाङले १६५ मत प्राप्त गरेका छन्। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सुझावित समाचार