रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले सुरुवाती अग्रता लिएका छन् । मतगणनाको प्रारम्भिक नतिजाअनुसार शर्माले ४१२ मत प्राप्त गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का गोपाल शर्माले २८७ र नेपाली कांग्रेसका राजु केसीले ८८ मत प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मानबहादुर शाहीले ४२ मत प्राप्त गरेका छन् ।