झापा ५ मा बालेन शाह एक हजार ७४८ मतले अगाडि

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

झापा क्षेत्र नम्बर ५ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले दुई हजार ८७८ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । बालेन शाह एक हजार ७४८ मतले अगाडि छन् ।

यसैगरी, एमाले अध्यक्ष केपी ओलीले एक हजार १३० मत प्राप्त गरेका छन् । यस्तै, कांग्रेसले १८३ र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले  १२९ मत प्राप्त गरेका छन् । अहिले यहाँ शान्तिपूर्ण रूपमा मतगणना जारी छ । अहिले कमल गाउँपालीका -१ को बाँसबारी माबि र गौरादह-१ को मोतिलाल माबिको मतगणना जारी छ । 

सुझावित समाचार