रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्।
प्रारम्भिक मतगणनाअनुसार दुई हजार ६३५ मत गणना गर्दा प्रचण्डले एक हजार ४१५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार लीलामणि गौतम ४३१ मतका साथ दोस्रो स्थानमा छन्। त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ४१७ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लखनकुमार थापाले १७६ मत ल्याएका छन् ।