झापामा २:३० बजेसम्म ५६.१ प्रतिशत मत खसेको छ । यस अवधिमा तीन लाख ९९ हजार ८१ मत खसेको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए । झापामा पनि क्षेत्र नम्बर ५ मा नै सबैभन्दा धेरै मत खसेको उनले बताए । झापा ५ मा मात्र ६०.०५ प्रतिशत मत खसेको छ । यहाँ ९८ हजार १०९ मत खसेको हो ।
यो निर्वाचन क्षेत्रमा प्रधानमन्त्रीका दुई फेस एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहसहित २४ जना चुनावी मैदानमा छन् । झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह प्रतिस्पर्धामा रहेकाले यो क्षेत्र इलेक्सन इपिसेन्टर बनेको छ ।
पाँचवटा निर्वाचन क्षेत्रका लागि ९० जना उम्मेदवार जनमत परीक्षणका लागि चुनावी मैदानमा छन् । यहाँ तीन लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार १८३ महिला र आठ अन्य गरी सात लाख १३ हजार ५३७ मतदाता छन् । जसमा ५० हजार २२६ मतदाता थपिएका हुन् । झापामा कुल २८५ मतदानस्थल र ८१५ वटा मतदान केन्द्र छन् ।