मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै स्याङ्जामा मतदान प्रक्रिया रोकियो

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

स्याङ्जाको वालिङ नगरपालिका– १०, मोदीखोलास्थित बालज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ। मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको विषयमा विवाद उत्पन्न भएपछि मतदान अस्थायी रूपमा स्थगित गरिएको हो।

यस विषयमा समाधान खोज्न स्थानीय राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिहरूसँग छलफल भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। समस्या समाधान भएपछि पुनः मतदान प्रक्रिया सुरु गरिने बताइएको छ।
 

See More On

सुझावित समाचार