झापामा १२ बजेसम्म ३७ प्रतिशत मत खस्यो

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

झापामा १२ बजेसम्म ३७ प्रतिशत मत खसेको छ । १२ बजेसम्म पनि उत्साहजनक सहभागिता भइरहेकाे निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए। झापामा पनि क्षेत्र नम्बर ५ मा नै सबैभन्दा धेरै मत खसेको उनले बताए ।

यो निर्वाचन क्षेत्रमा प्रधानमन्त्रीका दुई फेस एमाले अध्यक्ष केपी ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहसहित २४ जना चुनावी मैदानमा छन् । । झापा ५ मा एमाले अध्यक्ष केपी ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह प्रतिस्पर्धामा रहेकाले यो क्षेत्र इलेक्सन इपिसेन्टर बनेको छ । 

पाँचवटा निर्वाचन क्षेत्रका लागि ९० जना उम्मेदवार जनमत परीक्षणका लागि चुनावी मैदानमा छन् । यहाँ तीन लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार १८३ महिला र आठ अन्य गरी सात लाख १३ हजार ५३७ मतदाता छन् । जसमा ५० हजार २२६ मतदाता थपिएका हुन् । झापामा कुल २८५ मतदानस्थल र ८१५ वटा मतदान केन्द्र छन्  ।
 

See More On

सुझावित समाचार