प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहीबार जारी मतदानमा बिहान ११ बजेसम्म देशभर १९ लाख २३ हजार ८२४ (१०.१८ प्रतिशत) मत खसेको छ। निर्वाचन आयोगले दिएको जानकारीअनुसार कुल संख्याको १० प्रतिशत मत खसेको हो ।
देशभर शान्तिपूर्ण तरिकाले मतदान भइरहेको आयोगले जानकारी दिएको छ । मतदाताहरू उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी भएका छन् ।