फागुन २१ गते अर्थात् भोलि देशभर कतै पनि पानी नपर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै भोलि कतै पनि पानी पर्ने सम्भावना नरहेको जानकारी दिएको हो ।
महाशाखाले निर्वाचन अवधिभर मौसमको निरन्तर अनुगमन तथा विश्लेषण गरिरहेको जनाएको छ । शुक्रबार भने हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
विभागका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षा तथा हिमपातको सम्भावना छ ।
