उत्साहपूर्वक सहभागी भई मतदान गर्न निर्वाचन आयोगको आग्रह

बुधबार, २० फागुन, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले  भोलि (फागुन २१ गते) हुने निर्वाचनमा उत्साहपूर्वक सहभागी भई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ । आयोगले बुधबार विज्ञप्ति जारी गर्दै निर्वाचन केवल प्रतिनिधि चुन्ने वा सरकार गठन गर्ने प्रक्रिया मात्र नभएर लोकतन्त्रको वैधता नवीकरण गर्ने संवैधानिक अभ्यास भएकाले आफ्नो मत जाहेर गर्न मतदातालाई आग्रह गरेको हो ।

स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय निर्वाचनको दायित्व पूरा गर्न आयोग क्रियाशील रहेको प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए । 

सुझावित समाचार