राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आज बिहान फेरि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले प्रसाईंलाई उनकै निवासबाट नियन्त्रणमा लिएको हो । प्रसाईंलाई यसअघि पनि प्रहरीले पटक-पटक पक्राउ गरेको थियो ।