नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूलाई नेपालको सुरक्षा निकायप्रति पूर्ण भरोसा रहेको बताएका छन् ।
भदौ २३ र २४ को घटनाले नेपाली जनतालाई तरंगित र चिन्तित बनाएको भन्दै उनले निर्वाचनबाट राष्ट्रको संकट समाधान हुने उल्लेख गरे। शनिबार रोल्पाको लिवाङका भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले संकटमा परेको राष्ट्रलाई संकटबाट मुक्त गराउन नयाँ एकता र नयाँ अभियानको दह्रो अडान आवश्यक परेको बताए।
यति वेला राष्ट्र गम्भीर अप्ठ्यारोमा परेकाले यसको निकास निर्वाचन मात्रै भएको उल्लेख गरे। नेपाली जनताले इतिहासमा गरेको समर्पणप्रति धन्यवाद दिँदै उनले फेरि एकपटक आफूहरुलाई सघाउन अनुरोध गरे।