पूर्वमुख्यमन्त्री राजकुमार शर्माको सांसद पद खारेज

बुधबार, १३ फागुन, २०८२
डिजिटल संस्करण

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माको सांसद पद खारेज भएको छ। कर्णाली प्रदेश सभा सचिवालयले पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेश सभा सदस्य पदबाट हटाइएको जानकारी गराएको हो।

शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेपछि नेपाली कम्प्युनिस्ट पार्टीले सांसदबाट हटाउन माग गर्दै पत्र लेखेको थियो। संसद् सचिवालयले पत्रपश्चात् बुधबार शर्मालाई सांसद पदबाट हटाएको जानकारी गराएको हो।

४० सदस्यीय कर्णाली प्रदेश सभामा अब ३९ सदस्य कायम भएको छ।

सुझावित समाचार