विश्वविद्यालय वरीयतामा त्रिविको सुधार

बुधबार, १३ फागुन, २०८२
डिजिटल संस्करण

विश्वका विश्वविद्यालय वरीयतामा त्रिभुवन विश्वविद्यालयले सुधार गरेको छ। त्रिविमा आयोजित पत्रकार सम्मेलनमा उपकुलपति प्रा.डा. दीपक अर्यालले विश्वविद्यालयकाे विभिन्न अन्तर्राष्ट्रिय वरीयतामा त्रिविले  सुधार गरेको बताए।

प्रा.डा. अर्यालका अनुसार यो वरीयता बढ्दा विश्वका अन्य विश्वविद्यालय र देशमा त्रिविको शैक्षिक प्रमाणपत्रको मान्यता पनि बढ्छ। बेलायतस्थित टाइम्स हायर एजुकेसनको वरीयतामा सन् २०२५ मा त्रिवि १५०१ वरीयताक्रममा परेको छ। 

त्यस्तै, अमेरिकी संस्था युएस न्युज र विश्व रिपोर्टको विश्ववरीयतामा ९१९औँ स्थान प्राप्त गरेको छ। विश्व विश्वविद्यालय वरीयता केन्द्रको सूचीमा त्रिविले १६५७औँ स्थान हासिल गरेको छ। विश्व विश्वविद्यालय वरीयता केन्द्रका अनुसार त्रिवि विश्वका शीर्ष ७.८ प्रतिशत विश्वविद्यालयभित्र पर्न सफल भएको छ, जुन अघिल्लो वर्षको ८.३ प्रतिशतभन्दा सुधारिएको हो।

यी वरीयता संस्थाहरूले फरक–फरक मापदण्ड अपनाउने भएकाले एउटै विश्वविद्यालयको स्थान फरक देखिनु स्वाभाविक भएको विश्वविद्यालयको भनाइ छ। टाइम्स हायर एजुकेसनले वरीयता निर्धारणमा शिक्षण वातावरण, अनुसन्धान गुणस्तर, उद्योग सहकार्य र अन्तर्राष्ट्रियकरणलाई प्राथमिकता दिने गरेको छ।

सुझावित समाचार