संसद् विघटनको मुद्दामा साधारण तारेख तोकिएकोप्रति ओलीको आपत्ति

शनिबार, ९ फागुन, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गम्भीर संवैधानिक जटिलताका वेला सर्वोच्च अदालतले समयमै फैसला दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

शनिबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले ढिलो गरी आउने न्यायको कुनै अर्थ नहुने बताए। म्याद गुज्रिएको औषधिजस्तो, म्याद गुजारेर दिने न्याय डेट एक्सपायर्ड मेडिसिनजस्तै हो,´ उनले भने, `त्यो व्यवहारमा काम लाग्दैन र त्यसले कुनै परिणाम पनि दिँदैन।´

निर्वाचनको मिति तय भइसकेपछि प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ निर्वाचनपछि पर्ने गरी साधारण तारेख दिइनु व्यावहारिक रूपमा अर्थहीन भएको उनको भनाइ थियो।

ओलीले गम्भीर संवैधानिक जटिलताका वेला अदालतले समयमै निर्णय दिएर मुलुकलाई असहज अवस्थाबाट निकाल्नुपर्ने दायित्व पूरा गर्न नसकेको गुनासो गरे।

सुझावित समाचार