कुलमान घिसिङले सुरु गरे चुनावी प्रचारप्रसार अभियान

मंगलबार, ५ फागुन, २०८२
डिजिटल संस्करण

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो चुनावी प्रचारप्रसार अभियान सुरु गरेका छन् । निर्वाचन आयोगले दिएको समयसीमाअनुसार उनले सोमबारदेखि अभियान सुरु गरेका हुन् ।

घिसिङले  काठमाडौं ३ बाट उम्मेदवारी दिएका छन्। यही क्षेत्रमा एमालेबाट रामेश्वर फुयाँल, कांग्रेसबाट रमेश अर्याल, नेकपाबाट नीरज लामा, रास्वपाबाट राजुनाथ पाण्डे, उज्यालोबाट कुलमान घिसिङ, राप्रपाबाट सुन्दरराम बोहरा, नेकपा संयुक्तबाट बाबुकाजी कार्की, नेमकिपाबाट मदन श्रेष्ठ, मंगोल नेसनल अर्गनाइजेसनबाट कुलबहादुर लामा, मितेरी पार्टीबाट जितबहादुर तामाङ, जसपा नेपालबाट प्रनिलध्वज कार्की, आजपाबाट रूपसागर देवी, नेसनल रिपब्लिक नेपालबाट प्रेमछिरी शेर्पा, प्रलोपाबाट शेखर अर्याल, श्रम संस्कृति पार्टीबाट सुवास घिसिङ र नेकपा माओवादीबाट शेखरनाथ आचार्यले उम्मेदवारी दिएका छन् ।  

सबै दलहरूले सोमबारदेखि चुनावी प्रचारप्रसार सुरु गरेका छन् । 
 

सुझावित समाचार