वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र स्थापना गर्ने राप्रपाको लक्ष्य

शनिबार, २ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ। शनिबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले ‘संकल्प-पत्र’ पढेर सुनाए।

राष्ट्रिय स्वतन्त्रता, अखण्डता, एकता, सार्वभौमिकता, प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाहरूको संरक्षण र सम्बर्द्धनको निम्ति राष्ट्रिय सुरक्षा मूल नीति बनाएको छ। त्यस्तै, वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र स्थापना गर्ने लक्ष्य राखेको राप्रपाले सबै धर्मबिच समानता र सबै धर्मलाई बराबरीको स्वतन्त्रता प्रदान गर्ने घोषणा-पत्रमा उल्लेख गरेको छ। 

राप्रपाले दीर्घकालीन राष्ट्रिय रणनीतिमा दिगो आर्थिक वृद्धि, गुणस्तरीय स्वास्थ्य र शिक्षा, गरिबी न्यूनीकरण, प्रविधिको विकास र विस्तार, रणनीतिक दिगो पूर्वाधार, दिगो सहर तथा बस्ती विकास, रोजगारमूलक उत्पादन र उत्पादकत्व अभिवृद्धि, प्रभावकारी सार्वजनिक सेवा प्रवाह, प्राकृतिक स्रोतको उच्चतम सदुपयोग तथा संरक्षण र दिगो सामाजिक सुरक्षा सुनिश्चित गर्ने दीर्घकालीन राष्ट्रिय रणनीति अवलम्बन गर्ने बताउँदै २०८७ सम्ममा मध्यम आयस्तर भएको मुलुक बनाउने दीर्घकालीन मार्गचित्र उल्लेख गरेको छ। 

See More On

सुझावित समाचार