निष्पक्ष निर्वाचनका लागि सहकार्य र समन्वय गर्न प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीको निर्देशन

आइतबार, १९ माघ, २०८२
डिजिटल संस्करण

गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा स्थानीय जनप्रतिनिधिसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई निर्देशन दिएका छन् । 

आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी तथा जिल्लाको समग्र वस्तुस्थितिबारे जानकारी लिन गृहसचिव तथा मन्त्रालयका उच्च अधिकारीसहित काभ्रेपलाञ्चोकको धुलिखेल पुगेका मन्त्री अर्यालले  स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन निर्देशन दिएका हुन् । 

गृहले हालै मात्र सार्वजनिक गरेको ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्नेसम्बन्धी अवधारणा, २०८२’लाई कार्यान्वयन गर्ने सम्बन्धमा प्रजिअ र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई उनले निर्देशन दिएका हुन् । 

सुझावित समाचार