माैसम : उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बिहिबार, १७ पुष, २०८२
डिजिटल संस्करण

आज  दिउँसाे कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको  छ । जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ । तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्नेछ भने केही प्रदेशमा आंशिक बदली भएको महाशाखाको भनाइ छ । 

राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु कायमै रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशसहित उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । 

See More On

सुझावित समाचार