१८ जना समानुपातिका उम्मेदवारको सूची बोकेर उज्यालो पार्टीका अध्यक्ष निर्वाचन आयोगमा

सोमबार, १४ पुष, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सहमतिअनुसार उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ १८ जना उम्मेदवारको सूची तयार गरेको छ। पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय १८ जनाको सूची बोकेर निर्वाचन आयोग पुगेका छन्। 

सूचीको पहिलो नम्बरमा डा. महेन्द्र लावती, दोस्रो नम्बरमा धर्मलाल तामाङ र तेस्रो नम्बरमा माया डोल्पा लामा छन्। नायिका रिमा विश्वकर्मा १३ नम्बरमा छिन्। 
रास्वपाले बालेन र कुलमान घिसिङसँग छलफल गरेर समानुपातिकतर्फको ११० उम्मेदवारको बन्दसूची बुझाउने तयारी गरिरहेको छ। 

सुझावित समाचार