बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रका घडियाल गोहीलाई प्राकृतिक वासस्थानमा छोडियाे

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण

बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा रहेका घडियाल गोहीलाई परेवा ओढारनजिकको बबई नदीमा छोडिएको छ। बुधबार गोही प्रजजन केन्द्रमा रहेका घडियाल गोहीलाई परेवा ओढारनजिकको बबई नदीमा छोडिएको हो।

घडियाल गोही सफा पानीमा बस्छ भने गोहीले मानिसलाई आक्रमण गर्दैन र गोहीले माछा मात्र खाने गर्छ। पछिल्लो समय मानवीय गतिविधि, खोला प्रदूषण, नदी उत्खनन, खोलामा अतिक्रमण, माछा मार्न  प्रयोग  हुने जाल र बल्छीका कारणा  घडियाल गोहीको अस्तित्व संकटमा पर्न थालेको छ।

संघीय वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले प्रजनन केन्द्रमा रहेका १० वटा घडियाल गोहीलाई नदीमा छोडेको निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले बताए। उनले भने, ‘घडियाल गोहीलाई परेवा ओढारनजिक बबई नदिको प्राकृतिक वासस्थानमा छोडिएको हो । जसमध्ये घडियाल गोहीका  पाँचवटा भाले  र पाँचवटा पोथी रहेका  छन्।’

करिब चार वर्षका घडियाल गोही छोड्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक  वेदकुमार ढकाल, बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोककुमार राम, जबर गणका निमित्त गणपति मुकुन्द न्यौपानेलगायत  निकुञ्जका कर्मचारीसहितको टिमले गोहीलाई प्राकृतिक वासस्थान छोडेको हाे ।

सुझावित समाचार