काठमाडौं महानगर क्षेत्रभित्रका १०७ विद्यालय भौतिक रूपमा सञ्चालनमा नरहेको पाइएको छ । काठमाडौं महानगरको शिक्षा विभागले सोमबार सूचना निकाल्दै नाम मात्रका त्यस्ता १०७ विद्यालयलाई सम्पर्कमा आउन १५ दिनको निर्देशन दिएको हो ।
‘वेबसाइटमा प्रकाशित सूचीबमोजिमका विद्यालयहरू स्थलगत रूपमा सञ्चालनमा रहेको भए सम्बन्धित विद्यालयका प्रधानाध्यापक, सञ्चालक, व्यवस्थापक र गुठियारले यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र काठमाडौं महानगरपालिका शिक्षा विभाग, कमलादीमा सम्पर्क गरी सोको पुष्टि गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा भनिएको छ ।
तोकिएकाे समय सीमाभित्र सम्पर्कमा नआएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा १३ (ट) बमोजिम विद्यालय बन्दका लागि नगर कार्यपालिकामा सिफारिस गरिने शिक्षा विभागले स्पष्ट पारेको छ।