आइजिपी कार्कीसँग आयोगले लियो बयान

शुक्रबार, २७ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग जाँचबुझ आयोगले बयान लिएको छ। शुक्रबार आयोगको सिंहदरबारस्थित कार्यालयमा बोलाएर उनको बयान लिइएको हो । 

२४ भदौको जेन–जी आन्दोलनमा कार्की उपत्यका प्रहरी प्रमुखका रूपमा कार्यरत थिए। सोही विषयमा उनीसँग बयान लिइएको आयोगका एक अधिकारीले बताए। यसअघि आयोगले सशस्त्र प्रहरीका आइजिपी राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापासँग बयान लिइसकेको छ। 

त्यस्तै, आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी र तत्कालीन आइजिपी चन्द्रकुवेर खापुङसँग पनि बयान लिइसकेको छ। उनीहरूको बयान सकिएपछि तत्कालीन गृहमन्त्री रमेश लेखक तथा प्रधानमन्त्री केपी ओलीलाई बोलाउने तयारी गरेको छ। 

सुझावित समाचार