संसद्का महासचिवसँग जाँचबुझ आयोगको सोधपुछ

बुधबार, १८ मंसिर, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनमा भएको क्षतिसम्बन्धी छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले संसद्का महासचिव पद्मप्रसाद पाण्डेयसँग सोधपुछ गरेको छ। आयोगले सोमबार उनीसँग सोधपुछ गरेको हो। 

‘२३ र २४ भदौमा संसद्को अवस्था कस्तो थियो, कसरी संसद् भवन जल्न पुग्यो भन्ने विषयमा सोधपुछ गरेका हौँ,’ आयोगका एक अधिकारीले भने। २३ भदौको जेन–जी आन्दोलनमा आन्दोलनकारी संसद् भवन छिर्न खोज्ने क्रममा प्रहरीले गोली चलाउँदा १७ जनाको मृत्यु भएको थियो। भोलिपल्ट आन्दोलनकारीले संसद् भवन जलाएका थिए। 

आयोगले हाल उच्चपदस्थसँग सोधपुछ गरिरहेको छ। सोमबार नै नेपाल प्रहरीका एआइजी सिद्धिबिक्रम शाह तथा सशस्त्र प्रहरीका एआइजी नारायणदत्त पौडेलसँग सोधपुछ गरेको थियो। गुप्तचर विभागका तत्कालीन प्रमुख हुतराज थापासँग आयोगले बयान लिइसकेको छ। 

अब तत्कालीन प्रहरी प्रमुखसँग सोधपुछ गरिने र त्यसपछि तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानमा बोलाउने आयोगको तयारी गरेको छ।  

सुझावित समाचार