मधेशका मुख्यमन्त्री नियुक्तिसम्बन्धी मुद्दामा सुनुवाइ सकियो, आजै आदेश आउने

सोमबार, १६ मंसिर, २०८२
डिजिटल संस्करण

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुत्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। यादवलाई संविधान मिचेर नियुक्ति गरिएको भन्दै अन्य दलका प्रदेश सांसद तथा कानुन व्यवसायीहरूले रिटमा सर्वोच्चले आजै फैसला सुनाउने तयारी गरेको छ। 

सुनुवाइ सकिएकाले आजै आदेश आउने सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए। 

सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेको इजलासमा गत बिहीबारदेखि नियमित रूपमा सुनुवाइ हुँदै आएको छ। यसअघि सर्वोच्चले मुद्दाको अन्तिम सुनुवाइ नहुँदासम्म दीर्घकालीन प्रकृतिका निर्णय नगर्न मधेश सरकारलाई अन्तरिम आदेश दिएको थियो। 

गत २४ कात्तिकमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले यादवलाई मुख्यमन्त्री नियुक्त गरेर सोही दिन बिहान महोत्तरीको एक होटेलमा शपथ खुवाएकी थिइन्। बहुमतको सरकार बनाउने संवैधानिक प्रावधान मिचेर ठुलो दलको संसदीय नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेपछि विवाद भएको हो।

सुझावित समाचार