मधेश प्रदेश सभा बैठक सुरु भएलगत्तै १० मिनेटका लागि स्थगन

बुधबार, ४ मंसिर, २०८२
डिजिटल संस्करण

मधेश प्रदेश सभाको आजको बैठक सुरु भएको केहीबेरमै १० मिनेटका लागि स्थगित गरिएको छ। उपसभामुख बबिताकुमारी राउतको अध्यक्षतामा बसेको बैठकमा सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता भएको ‘पदअनुकूल आचरण नगरेको’ प्रस्तावमाथि छलफल कार्यसूचीमा रहेको छ।

बैठक सुरु हुनेबित्तिकै नेकपा एमालेकी सांसद शारदा थापाले बैठकमा सरकारका प्रतिनिधि उपस्थित नभएको भन्दै विरोध जनाइन्। उनले सरकारका तर्फबाट कोही पनि नआएको अवस्थामा प्रदेश सभा सञ्चालन गर्नु उचित नहुने तर्क गरिन्।

तर, उपसभामुख राउतले भने यो सरकारसँग प्रत्यक्ष सम्बन्धित विषय नभएकाले बैठक अjरुद्ध गर्नुपर्ने अवस्था नरहेको बताइन्। सत्तापक्षका सांसदहरूलाई बैठकमा सहभागी गराउन समय प्रदान गरिने भन्दै उनले बैठक १० मिनेटका लागि स्थगित गर्ने निर्णय लिइन्।

आजको बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको भए पनि प्रदेश सभा सचिवालयका सचिव वासु कोइराला उपस्थित भएकाले बैठक साढे ३ बजेदेखि मात्र सुरु भएको थियो। सचिव कोइरालालाई नेकपा माओवादी केन्द्रको प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले आफ्नो गाडीमा प्रदेश सभा सचिवालय पुर्याएका थिए।

सुझावित समाचार