फागुन २१ को निर्वाचनका लागि आयोगमा दर्ता भएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले गुलाफको फूल चुनाव चिह्न पाएको छ ।
निर्वाचन आयोगले सोमबार नेकपा माओवादीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो । दल दर्ताको प्रमाणपत्र र चुनाव चिह्न लिन विप्लवलगायत नेताहरू बाजागाजासहित निर्वाचन आयोग पुगेका थिए। चुनाव चिह्न र प्रमाणपत्र पाएपछि आयोगपरिसरभित्रै बाजागाजासहित र्याली निकालिएको छ ।