सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार आफैँले बनाएको दाबी गर्ने जेन–जी आन्दोलनपछि चर्चामा आएका हामी नेपालका संयोजक सुदन गुरुङ गृहमन्त्री ओमप्रकाश अर्यालमाथि फेरि आक्रामक बनेका छन् ।
नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै देखिएका गुरुङले गृहमन्त्री अर्याल एमालेजस्तो लाग्न थालेको टिप्पणी गरे । उनले जंगीअड्डादेखि शीतलनिवाससम्म आफूहरूसँग संविधानविद्का रूपमा उपस्थित भएका अर्यालले अहिले आएर चुनाव मात्र भन्दै ढाँट्ने काम गरेको आरोप लगाए ।