सशस्त्र प्रहरीले दंगा नियन्त्रणका लागि उपत्यकामा छुट्टै गण बनाउने प्रक्रिया अघि बढाएको छ । जेन–जी आन्दोलनमा भएका कमजोरीको विश्लेषण गरी एसएसपीको नेतृत्वमा नयाँ गण बनाउन लागिएको हो ।
कीर्तिपुरस्थित सशस्त्र प्रहरीको नीलबाराही गणलाई स्तरोन्नति गरी दंगा नियन्त्रण गण बनाउन लागिएको हो । त्यस्तै, कान्तिपथमा रहेको बाघवैरभ गुल्मलाई गणमा स्तरोन्नति गर्ने प्रस्ताव सशस्त्र प्रहरी बलले गृह मन्त्रालयमा पठाएको छ ।
अहिलेकै जनशक्तिबाट व्यवस्थापन हुने गरी उपत्यकामा सशस्त्र प्रहरीका दुई कार्यालय स्तरोन्नति गर्न लागिएको हो । दंगा नियन्त्रण गणमा दंगा नियन्त्रणसम्बन्धी विशेष तालिम सञ्चालन गरी तालिम गरेकालाई मात्र राख्न लागिएको छ ।
नेपाल प्रहरीमा पनि दंगा नियन्त्रणका लागि विशेष जनशक्ति बढाउने गृह मन्त्रालयको तयारी छ ।