चितवनको चुमखोलामा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

आइतबार, १६ कार्तिक, २०८२
डिजिटल संस्करण
चितवनको चुमखोलामा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

तस्बिर : चितवन प्रहरी

चितवनको इच्छाकामना गाउँपालिका-३, चुमखोलास्थित पृथ्वी राजमार्गमा शनिबार राति सुक्खा पहिरो खस्दा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति करिब ९ः०५ बजेतिर सडकमाथिबाट सुक्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा बन्द भएको हो। पहिरो खसेसँगै सवारीसाधन दुवैतर्फ रोकिनुपरेको छ।

घटनास्थलमा अस्थायी प्रहरी चौकी फिस्लिङका प्रहरी सहायक निरीक्षक धनश्याम लामा र इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहको कमान्डमा प्रहरी टोली खटिएको छ।

टोलीले सडक विभागसँग समन्वय गरी ढुंगामाटो पन्छाउने र बाटो खुलाउने प्रयास थालेको प्रहरीले जनाएको छ। सडक अवरुद्धकाे सूचना दिइएपछि डोजर पठाउने तयारी भइरहेको र सडक चाँडै सञ्चालनमा ल्याउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सुझावित समाचार