शुक्रबार मधेश प्रदेशमा मोहम्मद जयन्तीको सार्वजनिक बिदा

बिहिबार, १९ भदौ, २०८२
डिजिटल संस्करण

मधेश प्रदेश सरकारले भदौ २० गते शुक्रबार मोहम्मद जयन्ती (मोहम्मद डे)को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मधेश प्रदेश सरकारको २०८१ चैत्र २२ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप बिदासम्बन्धी सुचनाअनुसार यो निर्णय आएको गृह, सञ्चार तथा कानून मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद बरालद्वारा हस्ताक्षरित सुचनामा उल्लेख छ।

मधेश प्रदेश सरकारले प्रत्येक वर्ष मोहम्मद जन्म जयन्तीको अवसरमा सार्वजनिक विदा दिँदै आएको छ।
 

सुझावित समाचार